काठमाडौ, मंसिर २६ - स-साना स्कुले नानीलाई गृहकार्य सक्यौ भनी सोध्दा आजभोलि जवाफ दिन्छन्, 'अब किन पढ्ने, डिसेम्बर २१ मा त पृथ्वी नै ध्वस्त हुन्छ रे !' पश्चिमेली मुलुकहरूबाट फैलिएको पृथ्वी ध्वस्त हुने यो हल्ला अहिले पत्याइनसक्नु गरी संसारभर फैलिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार २१ डिसेम्बरमा विश्व समाप्त हुने हल्ला रुस, फ्रान्स, युक्रेन र मेक्सिकोमा अझ बढी छ । रुसमा त नेताहरूले राष्ट्रिय टेलिभिजन नेटवर्कमार्फत सर्वसाधारणलाई हल्लाको पछि नलाग्न र संयम अपनाउन अपिलसमेत गरेका छन् । एउटा सर्वेक्षणलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएअनुसार करिब अढाई करोड अमेरिकी यो हल्लाको पछि लागेका छन् ।
कसरी चल्यो हल्ला ?
२१ डिसेम्बर २०१२ मा संसार ध्वस्त हुने हल्ला माया सभ्यताको क्यालेन्डरलाई हवाला दिँदै चलाइएको छ । हल्ला चलाउनेहरूको भनाइमा उक्त क्यालेन्डरमा आजको दस दिनपछिको मिति नै छैन । क्यालेन्डरमा मिति नै टुंगिनुको अर्थ त्यस दिन प्रलय हुनु हो भन्ने उक्त सभ्यतामा विश्वास गर्नेहरूको बुझाइ छ । यो बुझाइ कतिपय पश्चिमेलीहरूका लागि एक प्रकारको भयको कारण बनेको छ भने केहीलाई हलिउडका स्वैर-कथाहरूमा आधारित चलचित्र विकाउने मसला । माया सभ्यता करिब २ सय ५० देखि ९ सय इसापूर्वसम्म उत्तरी र मध्य अमेरिका, पूर्वी मेक्सिको, पश्चिम होन्डुरस र अलसाल्भाडोरमा विकसित भएको हो । यसलाई मेसो-अमेरिकन सभ्यतासमेत भनिन्छ ।
हल्लाको अर्को कारण सुमेरु सभ्यता ताका पत्ता लागेको भनिएको सम्भावित ग्रह 'निवरु' पृथ्वीसँग ठोक्किने भनाइ हो ।
तेस्रो कारणचाहिँ फ्रान्सेली भविश्यबेत्ता नस्त्रेदमसको भविश्यवाणीलाई बताइएको छ । १६ औं शताब्दीका यी भविश्यबेत्ताले काव्यात्मक रूपमा भविश्यका घटनाहरूको वर्णन गरेका छन्, जसलाई संसारका विभिन्न उल्लेखनीय घटनासँग जोडेर धेरैले आ-आफ्नो स्वार्थअनुकूल व्याख्या गर्दै आएका छन् ।
वैज्ञानिक तथ्य के ?
अन्तरिक्षसम्बन्धी अमेरिकी संस्था नासाले यो वर्षको २१ डिसेम्बरमा संसार नष्ट हुने कुरालाई ठाडै 'बकवास' भनेको छ । नासाका अनुसार साढे ४ अर्ब वर्षअघिदेखि अस्तित्वमा रहेको यो पृथ्वी अझै अर्बौं वर्षसम्म यही अवस्थामा रहिरहन्छ ।
'माया क्यालेन्डरमै विश्वास गर्ने हो भने पनि यो २१ डिसेम्बर २०१२ मा सकिँदैन,' नासाका ग्रहसम्बन्धी वैज्ञानिक डा. डान यौम्यान्सले एक श्रव्यदृश्य सामग्रीमा भनेका छन्, 'यो क्यालेन्डरको एउटा चक्र सकिएर अर्को चक्र थालनी हुने मिति मात्र हो ।' उनको यो अभिव्यक्ति नासाको वेबसाइटमा हेर्न र सुन्न सकिन्छ ।
निवरु ग्रह ठोक्किने सम्भाव्यतालाई पनि नासाले इन्कार गरेको छ । 'यदि निवरु ग्रह छ र त्यो पृथ्वीतर्फ आइरहेको हो भने त्यसलाई हामीले धेरै पहिल्यै देखिसकेका हुने थियौं,' डानको भनाइ छ, 'यदि कुनै कारणले यो ग्रह अदृश्य छ भने हामी त्यसको प्रभाव कुनै न कुनै छिमेकीका ग्रहहरूमा देखिसक्ने थियौं ।' सर्वसाधारणमा आतंक फैलिने आशंकामा नासाले सूचना लुकाइरहेको छ/छैन भन्ने प्रश्नमा डानले सटिक जवाफ दिएका छन्, 'हामीले लुकाएको भए पनि हरेक रात आकाश हेरिरहेका हजारौं खगोलविद्हरूले समेत लुकाए त ?'
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भौतिक शास्त्र विभागका प्राध्यापक डा. उदयराज खनाल पनि पृथ्वी ध्वस्त हुने कुरा हल्ला सिवाय केही नभएको बताउँछन् । उनका अनुसार माया सभ्यताको क्यालेन्डरमा ३ सय ९४ दिनको एक चक्र हुन्छ । 'अहिले एउटा चक्र मात्र सकिने हो, क्यालेन्डर नै सकिने हैन,' उनले भने ।
आकाशबाट पृथ्वीमा आउन सक्ने उल्कालगायत पिण्डहरूलाई नासाको 'नियर अर्थ अब्जेक्ट प्रोग्राम' र युरोपियन स्पेस एजेन्सीलगायतले निरन्तर अवलोकन गरिरहेको हुने उल्लेख गर्दै खनालले कान्तिपुरसित भने, 'यदि यस्ता ग्रह अस्तित्वमा छन् र अबको दस दिनमै पृथ्वीसित ठक्कर खाने हो भने महिनौंअघिदेखि नै देखिनुपर्ने हो । त्यसैले यो हल्ला मात्र हो ।' यसअघि पनि पटक-पटक यस्तै हल्ला चलेको उनले बताए ।

Nglobal.Inc: December 21,2012 (पृथ्वी ध्वस्त हुने हल्ला मात्र !) >>>>> Download Now
ReplyDelete>>>>> Download Full
Nglobal.Inc: December 21,2012 (पृथ्वी ध्वस्त हुने हल्ला मात्र !) >>>>> Download LINK
>>>>> Download Now
Nglobal.Inc: December 21,2012 (पृथ्वी ध्वस्त हुने हल्ला मात्र !) >>>>> Download Full
>>>>> Download LINK HS